नेप्सेमा गिरावट !

काठमाण्डु टुडे २०७६ साउन २६ गते १७:३३ मा प्रकाशित

काठमाण्डु,२६साउन–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्स ४ दशमलव ८४ अंकले घटेर १२३३ दशमलव ७१ अंकमा झरेको छ ।
कुल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका समूहमध्ये सात वटा समूहमा गिरावट आएको छ । समग्र परिसूचक नकारात्मक हुँदा पनि साल्ट सेड्रिङ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य ९ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरको मूल्य पनि ५ दशमलव ५५ प्रतिशतले बढेको छ ।
यस दिनको कारोबारमा गुमाउने कम्पनीमा एनसीसी बैंक रहेको छ । सो कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us