दुईतिहाइको सरकार पनि संसदमा कमजोर भएपछि…

काठमाण्डु टुडे २०७६ साउन १५ गते १६:०७ मा प्रकाशित

काठमाण्डु,१५साउन—इतिहासकै शक्तिशाली सरकारपनि संसदमा कमजोर भएको छ। सरकारले ल्याएको पहिलो बजेटमै सत्तापक्षका सांसदहरुले आफ्नै मन्त्री र आफ्नै सरकारको सदनमा विरोध गरेका छन् । झट्ट हेर्दा सार्वभौम संसद, स्वतन्त्र सांसद प्रजातान्त्रिक अभ्यास देखिए पनि यसले सरकारको कमजोरीलाई स्पष्ट झल्काएको छ ।
सांसद विरोध खतिवडाले बारा अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा रुख कटानको विषयलाई लिएर दिनदहाडै डाकागिरी गर्ने भनी सरकारको चर्को आलोचना गरे । जनार्दन शर्माले आफ्नो क्षेत्रमा छुट्याइएको बजेट पनि प्रधानमन्त्रीको क्षेत्र झापा लैजान भने । गजेन्द्र महतले गृहमन्त्रालयलाई ‘अजिंगर’को संज्ञा पनि दिए । यस्ता प्रसंग अन्य पनि छन् । यस्ता साना समस्यालेपनि संसदमा बिवाद आउनु सरकारको कमजोरी देखिन्छ् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us