मन्त्रिमण्डल हेरफेर हुँदैनः राउत

काठमाण्डु टुडे २०७६ साउन १४ गते १९:०३ मा प्रकाशित

काठमाण्डु, १४ असार– प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले तत्काल मन्त्रिमण्डल विस्तार नहुने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा राउतले भने, ‘यो सरकार पाँच वर्षका लागि हो । यसको अहिले कुनै विकल्प छैन । तत्काल मन्त्रिमण्डल विस्तार हुँदैन् ।’ मन्त्रिपरिषद् विस्तार नगरी सरकारको कार्यशैली बदल्नुपर्ने उनले औंल्याए । ‘पहिलो वर्ष हामीले अनुभव हाँसिल गरेका छौं’, उनले भने, ‘अब अर्को वर्ष राम्रो काम गर्छौं ।’ मुख्यमन्त्री राउतले प्रदेश २ का बाढीपीडितलाई अहिलेसम्म राहत पुर्याउन नसकेको गुनासो गरे । प्रदेश सरकारले क्षमताले भ्याएसम्म काम गरिरहेको उनको भनाइ छ ।

राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगको आश्वासन दिएको उनको भनाइ छ । यस्तै आफूले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई भेटेर सडक मर्मत र उर्जामन्त्री वर्षमान पुनलाई भेटेर भत्किएको सिञ्चाई मर्मतका लागि आग्रह गरेको जानकारी दिए । दुवै मन्त्रीले आफ्नो आग्रहलाई सकारात्मक रुपमा लिएर सम्बद्ध निकायलाई निर्देशन दिइसकेको पनि राउतलाई बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us