पाकिस्तानमा सेनाको विमान आवासीय क्षेत्रमा खस्यो, १७ को मृत्यु अवासिय क्षेत्र :कोलाहाल

काठमाण्डु टुडे २०७६ साउन १४ गते १०:५९ मा प्रकाशित

एजेन्सि, तालिमका लागि उडाइएको पाकिस्तानी सेनाको विमान रावलपिन्डी नजिकै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

ज्यान गुमाउनेहरूमा चालक दलका पाँच सदस्य र १२ सर्वसाधारण मानिस रहेको बताइएको छ। अरू १२ जना घाइते भएका छन्।दुर्घटनामा परेपछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको थियो।राजधानी इस्लामाबाद नजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ।शोकाकुल र स्तब्ध स्थानीय मानिसहरू दुर्घटना भएको क्षेत्रमा भेला भएको समाचारसंस्था एएफपीले बताएको छ।

स्थानीय व्यक्तिका अनुसार “घरहरूमा ठोकिनुअघि नै विमानमा आगो लागेको देखिएको थियो।मानिसहरू चिच्याइरहेका थिए। हामीले उनीहरूलाई सघाउन खोज्यौँ तर आगोको ज्वाला माथिसम्म उठेको थियो र आगो भीषण थियो”उनले भने।एएफपीका एक संवाददाताका अनुसार त्यहाँबाट पछिसम्म धुँवा उडिरहेको थियो र नजिकै रहेको घरको छतमा विमानको अवशेष देखिन्थ्यो।

सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबाद नजिकै दुर्घटनाग्रस्त हुँदा १५२ जनाको मृत्यु भएको थियो। त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us