काठमाडौंमा आकाशे पुल थपिँदै

काठमाण्डु टुडे २०७६ साउन १३ गते १७:०४ मा प्रकाशित

काठमाण्डु,१३साउन— काठमाण्डु महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ ।
आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ । सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको कामपाले जनाएको छ । यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us