
रुपन्देही , १३ साउन— नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसले पोखराको उपनिर्वाचन हारेमा नेतृत्व छोड्न सुझाव दिएका छन् ।
भण्डारीले उपनिर्वाचन जितेमा पार्टीको महाधिवेसनको कार्यकाल थपे पनि आपत्ति नहुने बताए । सोमबार पत्रकारसगँ कुरा गर्दै भण्डारीले भने “उपनिर्वाचन जीत, महाधिवेसन जति सार्नुपर्छ सार, पराजित भयौं भने तिमिले छोड नयाँ जेनेरेसनलाई आउन देऊ दुधै नदिने गाई भैंसीलाई किन पालीराख्न पर्यो”
भण्डारीले पार्टीको अन्तरिम संरचना आवश्यक नभएको भन्दै सिधै महाधिवेसनमा जानुपर्ने उल्लेख गरे। धेरै चुनाव भइ रहेर कसैलाई फाइदा छैन। द्वन्द्व र झगडा मात्र बढाउने हो, उनले भने, पार्टीका लागि अन्तरिम चुनाव आवश्यक छैन।
मुलुक भ्रष्टाचरले थिलो थिलो भएको भन्दै भण्डारीले २ जना कर्मचारीले आत्महत्या गरेको र भोली नेताको पनि त्यही अवस्था आउन सक्ने बताए। केन्द्रमा जहाज किनेर खाने र वडा तहमा डोजर किनेर खाने काम भइरहेको भन्दै यसको अन्त्य हुनुपर्ने उनको भनाइ छ।
वर्तमान सरकारलाई पूरा कार्याकाल चल्न दिनुपर्ने बाचा अनुसारको काम नगरे चेक बाउन्स गर्नेले कारवाही भोगेजस्तै नेकपालाई पनि जनताले अर्कोपटक कारबाही गर्ने उल्लेख गरे। गुठी वियेयकलगायत विभिन्न निर्णयबाट सरकार पछि हटेको भन्दै विवादित विधेयक कुनै पारित नहुने उनले दाबी गरे।
गुल्मीमा पहिरो पीडितको अवस्था भयावह भएको भन्दै नेता भण्डारीले उनीहरुलाई अब एकीकृत बस्ती बनाएर व्यवस्थित गर्नुपर्ने बताए। भूकम्प गएर कम्जोर बनेको जमिनका कारण पहिरो गएको भन्दै उनले बुटवल नजिकका पहाड खन्न दिन नहुने तर्फ सचेत हुनुपर्ने बताए।