
काठमाण्डु, १३ साउन– पोखरा महानगरपालिका–२१ का वडाअध्यक्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका छ्न् ।
सोही वडाका बासिन्दा दाताराम आचार्यले आइतबार साँझ वडाअध्यक्षमाथि मुक्का प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले आन्तरिक विवादका कारण घटना भएको बताए । कुटपिटमा संलग्न आचार्यलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।