थीर्त यात्री सवार टाटासुमो पहिरोमा पुरियो

काठमाण्डु टुडे २०७६ साउन १२ गते ६:२७ मा प्रकाशित

काठमाण्डु, १२ साउन- रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडामा गुडिरहेको गाडीमाथि पहिरो खसेको छ ।

रसुवागढीबाट काठमाण्डु जाँदै गरेको ना१ज ७८२४ नम्बरको टाटासुमो गाडी पहिरोमा पुरिएको हो । गाडीमा चालकसहित कैलास मानसरोबर थीर्त गएर फर्कैंदै गरेका १० जना सवार थिए । प्रहरीका अनुसार पहिरोमा पुरिएर त्यसमा सवार सोलुखुम्बुका ४७ वर्षीय वाङ्छु शेर्पा र ४० वर्षीय दावा शेर्पा छन् ।

घटनामा अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । खराब मौसमका कारण घाइतेलाई हेलिकोप्टरमार्फत काठमाण्डु लैजाने प्रयास सफल हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us