अफ्रिकामा तीन नेपाली युवती ७ महिनादेखि अलपत्र

काठमाण्डु टुडे २०७६ साउन ११ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, ११ साउन- मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन ।
मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो ।
मालाबीस्थित गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष दीपक पोखरेलका अनुसार गत वर्ष माघको सुरुमै मुम्बई र दुबईको नाका हुँदै पुगेका युवती अलपत्र परेको जानकारी संघले ५ महिनाअघि पाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us