छुरा  हानाहान १ जनाकाे मृत्यु, २ घाइते ,९जना प्रहरीकाे नियन्त्रणमा

काठमाण्डु टुडे २०७६ साउन ९ गते १४:५२ मा प्रकाशित

दमक,९ साउन- झापाको दमक नगरपालिका-१ मा साथीलाई छुरा प्रहार गरी हत्या गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधबार अपराह्न ४ बजे २५,३० जनाको समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो ।
छुरा प्रहारबाट दमक नगरपालिका-२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक-३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए ।
घाइतेमध्ये भण्डारीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा र भुजेलको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै फरार रहेकामध्ये प्रदेश नं १ को प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us