
काठमाण्डु, ३१ असार- लोक सेवा आयोगले खुलाएको विज्ञापन समानुपातिक,समावेशी सिद्धान्त विपरीत भएको भन्दै मंगलबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनकारीले मन्त्री पण्डितको राजीनामा माग गरेको छन् ।
“आरक्षण बचाऔं “नाम दिइएको याे आन्दोलनमा महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायको सहभागी रहेको थियो । आन्दोलनकारीले संविधान विपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोकसेवा आयोगलाई दबाब दिए ।