हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

काठमाण्डु टुडे २०७६ असार ३१ गते १६:१४ मा प्रकाशित


चितवन, ३१ असार- पूर्वी चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका-७ का ६२ वर्षीय कान्छो दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कामका लागि घरबाट सौराहा जाने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा उनलाई आज बिहान ११ बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us