कृषि विकास बैंकमा ३८४ जनाका लागि खुल्यो जागिर

काठमाण्डु टुडे २०७६ असार ३१ गते १४:१४ मा प्रकाशित


काठमाण्डु, ३१ असार- कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५र७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ।
बैंकले वरिष्ठ शाखा प्रमुखदेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर९ ,आइटी २० जना रहेका छन्। त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्।
विभिन्न केन्दका लागि लेखापाल पनि माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ। दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us