उपेन्द्र यादवको पुत्ला जलाइयो

काठमाण्डु टुडे २०७६ असार ३१ गते १२:५६ मा प्रकाशित

सप्तरी ३१ असार– उपप्रधान तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सप्तरी–२ का आफ्नै मतदाताले पुत्ला दहन गरेका छन् ।


सप्तरीको कोइलाडी चोकमा मंगलबार स्थानीयको एक समूहले यादवको पुत्ला दहन गरेको थियो । यादव प्रतिनिधिसभामा सोही निर्वाचन क्षेत्रबाट विजयी सांसद हुन् । वर्षातसँगै आएको बाढी र डुवानका बेला यादवले पीडितलाई राहतको पहल गर्नुको साटो उल्टै विदेश सयरमा हिंडेको भन्दै विरोधमा पुत्ला दहन गरिएको हो । तिलाठी–कोइलाडी बाढीबाट अतिप्रभावित क्षेत्र हो । चुनावमा मत दिएर जिताएको भए पनि आफूहरुको दुःखमा यादवको साथ नपाएको आरोप स्थानीयको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us