युक्रेनमा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

काठमाण्डु टुडे २०७६ असार ३१ गते १२:२२ मा प्रकाशित

युक्रेन, ३१ असार- युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई-२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ ।
प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिनुभयो । उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो ।
यसै महिनाको शुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us