
काभ्रे, २७ असार- काभ्रेको बनेपा नगरपालिका- ३ नालामा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पहिरोले पुरिदा स्थानीय रामप्रसाद दंगालकी श्रीमती ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको हो ।
काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार घर माथिबाट आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । पहिरोले पुरिदा सुशीला दंगाल, अनुस्का दंगाल र अर्का एक जना घाइते भएका छन् ।
काभ्रेको कोशीपारी डाडापारी जोड्ने मुख्य सडकहरु वर्षाका कारण अवरुद्ध भएका छन् ।