केपी ओलीलाई आयो चेतावनीः आफ्ना मन्त्री सम्हाल्नूस्, नत्र…

काठमाण्डु टुडे २०७६ असार २६ गते २२:११ मा प्रकाशित

काठमाण्डु, २६ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्ना मन्त्री सम्हाल्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।


प्रवक्ता शर्माले बिहीबार साँझ ट्विट गर्दै ‘लगाम उपहार पठाउँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?’ लगाम पठाऔं कि आफ्ना मन्त्री सम्हाल्नुहुन्छ भन्दै प्रशन गरेका छन् । शर्माको भनाइ सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँसकोटाप्रति लक्षित छ । बाँसकोटाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा काँग्रेसले दिनभरि बीपी र रातभरि विप्लव भन्ने गरेको भन्दै हिंसात्मक गतिविधिलाई समर्थन नगर्न चेतावनी दिएका थिए । शर्माले मन्त्री बाँसकोटालाई फोटोकमी मन्त्रीको संज्ञा दिएका छन् ।
प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै ञफोटोकपीझ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु रु अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न िभनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न १ ञलगामझ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री रु
शर्माले लेखेका छन् । काँग्रेसले सर्लाहीमा मारिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारका प्रवक्ताको भनाइ त्यसैतर्फ लक्षित थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us