
काठमाण्डु, २६ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संघीयता कार्यान्वयनका दृढ रहेको बताए । उनले भने, ँहामी संघीयता कार्यान्वयनका सवालमा भ्रममा छौँ । सरकार संघीयता कार्यान्वयनमा दृढ संकल्पित छ । शंका गनुपर्दैन ।’
त्यस्तै उनले प्रदेशहरुले केन्द्रले अधिकार दिएन भनेर गुनासो गरिरहेको बताउँदै भने, प्रदेशले केन्द्रले अधिकार नै दिएन भनेको सुनिन्छ । प्रदेशले यो बुझ्नुपर्यो कि आफूभन्दा तल स्थानीय सरकार छ भनेर ।’ उनले संघीयता कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ-आफ्नो भूमिका गर्नुपर्नेमा जोड दिए ।