बालिकालाई खेतमा लगेर  सामुहिक बलात्कार

काठमाण्डु टुडे २०७६ असार २६ गते १६:०४ मा प्रकाशित


जनकपुरधाम , २६ असार- धनुषाको सबैला नगरपालिका ८ मा १४ बर्षिया बालिका सामुहिक बलात्कारको सिकार बनेकी छन् । स्थानीय दुई यूवकले घरबाटै उठाएर मंगलवार मध्यरातमा खेतमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।
घरमा एक्लै सुतेकी बालिकालाई राती दुई युवाले मुख थुनेर माटरसाइकलमा हालेर खेतमा पु-याएपछि बलात्कार गरेका थिए । बालिकाको स्वास्थ्य परीक्षण अंचल अस्पताल जनकपुरमा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us