इरानद्धारा वेलायती तेल ट्यांकर अपहरणको प्रयास

काठमाण्डु टुडे २०७६ असार २६ गते १५:४० मा प्रकाशित

एजेन्सी,-इरानी पानीजहाजले वेलायती तेल ट्यांकर अपहरण गर्ने प्रयास गरेका छन् । हतियार सम्पन्न पाँच इरानी इस्लामीक रिभोलुसनरी गार्डका पानीजहाजले वेलायती तेल ट्यांकर नियन्त्रणको प्रयास गरेको सीएनएनले बताएकाे छ।
पर्सियन गल्फ क्षेत्रमा तेल बोकेको ब्रिटिस हेरिटेज ट्यांकरलाई इरानले अपहरणको प्रयास गरेको तर उक्त प्रयास विफल भएको छ।
इरानी पानीजहाजले वेलायती पानीजहाजलाई अवरोध सृजना गरेका थिए। वेलायती समूहले आक्रमणको चेतावनी दिएपछि इरानी जहाजहरु आफ्नो क्षेत्रमा गएका बताइएकाे छ।
अधिकारीहरुका अनुसार समुन्द्रमा आफ्नो बाटोमा हिँडीरहेको वेलायती पानीजहाजलाई तीनवटा इरानी जहाजले घेरा हालेका थिए।
यस घटनापछि वेलायती रक्षामन्त्रालयले इरानको उक्त कार्यले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएकाे छ। एक वक्तव्यमा वेलायतको रक्षामन्त्रालयले भनेको छ,‘इरानको यस कार्य अन्तर्राष्ट्रिय कानुन विपरित छ।’
केही दिन अगाडिमात्र वेलायतले इरानी तेल ट्यांकर नियन्त्रणका लिएको थियो। अमेरिकाले लगाएको प्रतिबन्ध तोड्दै तेल ओसारपसार गरिरहेको इरानी पानीजहाजलाई वेलायतले नियन्त्रणमा लिएपछि यतिबेला इरान वेलायतसँग रुष्ट छ।
इरानले उक्त जहाज छाड्न आग्रह गरेको छ। इरानी राष्ट्रपति हसन रुहानीले बुुधबार वेलायतले उक्त कार्यको गतिलो जवाफ पाउने चेतावनी दिएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us