बाबुले गरे १४ वर्षीया छोरीको बलात्कार

काठमाण्डु टुडे २०७६ असार २६ गते १४:५५ मा प्रकाशित


कञ्चनपुर,२६ असार- कञ्चनपुरमा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।
छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएको भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उनले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताइन ।
घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका-१ का वडा सदस्य पृथमसिंह रानाले बताए । उनले पशुवत व्यवहार गर्ने यस्ता व्यक्तिमाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने माग राखे।
छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ ।
घटनापछि दुबै जनालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै दुवैको मेडिकल चेकजाँच भइरहेकाले रिपोर्ट आएपछि कारवाहीको प्रकृया अघि बढाइने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us