
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सरकारले मिर्गौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याई सन् २०३० सम्ममा २५ प्रतिशतले मिर्गौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गरेका छन् ।
अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनको विश्वास छ।स्वास्थ्य तथा मानव संसाधनमन्त्री अलेक्स अजारले राष्ट्रपतिको आदेशको मुख्य लक्ष्य नै सन् २०३० सम्ममा प्रत्यारोपणका लागि मिर्गौलाको संख्या वृद्धि गर्ने रहेको बताए ।
राष्ट्रपतिको आदेशमा घरमै बसीबसी डायलासिस सेवा वृद्धि गर्ने योजनामा नवीन प्रविधिको खोजी गर्नु पनि रहेको छ। मेडिकल सेन्टरमा उपचार गर्नुभन्दा घरमै कम खर्चिलो विधिबाट डायलासिस सेवा उपलब्ध गराउनु पनि राष्ट्रपतिको आदेशले जोड दिएको छ। राष्ट्रपति ट्रम्पले हाल करिब १२ प्रतिशतले मात्र घरमै डायलासिस सेवा लिइरहेको पनि जानकारी दिए।
संयुक्तराज्य अमेरिकामा करिब तीन करोड ७० लाख मानिस मिर्गौला रोगबाट थलिएका छन् र त्यसमध्ये करिब सात लाख २६ हजार अन्तिम चरणको मिर्गौला रोगी रहेका छन्।
करिब एक लाख अमेरिकीहरु मिर्गौला प्रत्यारोप
णको पर्खाइमा रहेका र एक लाखभन्दा बढीले हरेक वर्ष डायलासिस सेवा आरम्भ गर्दछन्। अमेरिकी ह्वाइट हाउसको विवरणअनुसार डायलासिस सेवा सुरु गरेका आधाभन्दा बढीको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको छ।