हरेक नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छ

काठमाण्डु टुडे २०७६ असार २६ गते १४:२९ मा प्रकाशित


काठमाण्डु, २५ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज राजधानीमा आयोजना गरेको संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट पारे ।
स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कोतिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us