२२० किलो गाँजासहित मलेखुबाट एक पक्राउ

काठमाण्डु टुडे २०७६ असार २६ गते १३:५८ मा प्रकाशित

धादिङ, २६ असार-धादिङ बेनिघाट रोराङ गाउँपालिका १ का ४१ वर्षीय डिलबहादुर तामाङलाई धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुडेठाटी मलेखुबाट २२० किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले तामाङलाई बिहीबार बिहान राति साढे २ बजे मलेखुबाट समातेको हो ।लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुग्दा उनी ८ बोरा गाँजासहित फेला परेका थिए।

उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही थालिएको गजुरी प्रहरीले बताएकाे छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us