
सुनसरी, २६ असार -बराहक्षेत्र नगरपालिका -९ चिलिया टापु सप्तकोशी नदीले कटाना गर्दा २५ घर जोखिममा परेका छन् ।
लगाातारको वर्षासँगै कोशीले श्रीलंका टापुको नामले चिनिने त्यस क्षेत्रको पश्चिम तर्फ कटान गर्दा बालसेवा आधारभुत प्राथमिक विद्यालय समेत जोखिममा परेको स्थानिय श्याम सुब्बाले बताए ।
सप्तकोशीको बिचमा रहेको श्रीलंका टापुलाई हरेक वर्ष कोशीले कटान गर्दै आएको भएपनि त्यस क्षेत्रको मानिसको बसोबास भने यथावत नै छ । वर्षा जारी रहेकाले सो क्षेत्रमा जोखिम भने बढेकोे छ ।