सुरु गर्यो साझाले रात्रिकालिन सेवा

काठमाण्डु टुडे २०७६ असार २५ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, २५ असार- काठमाण्डु महानगरपालिका र यातायात व्यवस्था विभागले तयार गरिरहेको रात्रिकालिन सेवामा साझाले पनि आफ्नो भुमिका निभाउने प्रवन्धक महेन्द्र राज पाण्डेले बताए ।पाण्डेले भने‘साझा यातायात सेवामुलक संस्था भएकोले नाफा–घाटा नहेरी सेवा दिन थालेका हौ,’
हाल संचालनमा आएको साझाको रात्रिकालिन बस तालिका :
पहिलाे  न्यूरोड गेट–लाजिम्पाट–नारायणगोपाल चोक हुदै सोही बाटो फर्कीने छ।

दोस्रो रुटबाट छुटेर त्रिपुरेश्वर–कालिमाटी हुदै कलंकी पुगेर सोही रुट फर्कीने छ।

तेस्रो रुट न्यूरोड– नयाँ बानेश्वर–एयरपोर्ट–गौशाला–चावहिल हुदै नयाँबसपार्क पुगेर सोही रुट फिर्ता हुनेछ।राती ९ बजेदेखि संचालनमा आउने यी रात्रीबसको भाडा भने दिवा सरह नै भएको पाण्डेले बताए ।

यस अघि पनि साझाले रात्रीकालिन बस सुरुगरेको थियो। यात्रु अभावका कारण त्यो सेवा सफल हुन सकेन। अहिलेका ३ रुटको सेवा सफल भए अरु रुटमा पनि साझाले रात्रीकालिन सेवा दिने पाण्डेले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us