
काठमाण्डु ,२५ असार -बुधबार मधेसी आयोगले काठमाण्डुमा आयोजना गरेको कार्यक्रम बोल्दै लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकार र संसदलाई संवैधानिक निकायहरुको काम माथि अवरोध नगर्न सचेत गराएका छन् ।
अध्यक्ष मैनालीले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पुर्याकउनु रहेकाले उनीहरूको काममाथि अवरोध नर्गन स्पष्ट पारे। उनले संविधान अनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुर्यारउने पनि स्पष्ट पारे।उनले स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोक सेवा आयोग, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरूले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने पनि स्मरण गराए।
अध्यक्ष मैनालीले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदको ध्यानाकर्षण गराए।उनले आरक्षणसम्बन्धी कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समेत समस्या पर्ने गरेको पनि उल्लेख गरे। आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामती सेवा ऐनमा आवश्यक सुझाव दिन सम्बन्धित आयोगहरूलाई अध्यक्ष मैनालीले आग्रह गरे।