रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार २५ गते १५:१९ मा प्रकाशित

कावासोती , २५ असार- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका-१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।
गए राति ना६ख ५२०७ नं को ट्रकमा लु२२प २८९९ नं को मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका-१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरीमगरको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बल रुपन्देही बाहिनी नं ५ दरबन्दी भई बिओपी बोगडी रुपन्देहीमा कार्यरत प्रहरी जवान मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । -रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us