च्याउ खाएर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार २५ गते १४:४४ मा प्रकाशित


काठमाण्डु, २५ असार – जंगली च्याउ खाएर ललितपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङका जनक नेपाली रहेका प्रहरीले जनाएको छ ।
आफन्तहरुका अनुसार लुभुस्थित जंगलबाट लेराएको च्याउ खाएपछि बेहोस भएका निलकण्ठ नगरपालिका ७ टारुखर्कका उनको उपचारका मृत्यु भएको हो ।
सँगै अरु तीन जनाले पनि च्याउ खाएको बताइएपनि उनीहरुको अवस्था खुल्न सकेको छैन । प्रहरीले अन्यको अवस्थाबारे खुल्न बाँकी रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us