हिमाल ,पहाड र तराई एक भई राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री पोख्रेल

काठमाण्डु टुडे २०७६ असार २५ गते १४:४४ मा प्रकाशित

काठमाण्डु ,२५ असार -उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकता बलियो बनाउनलाई हिमाल, पहाड र तराई एकजुट भए मात्र मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लान सकिने बताए ।

बुधबार मधेशी आयोले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तराई, मधेशका जनतामा देशभक्तिको भावना रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न समेत मधेशी आयोगलाई आग्रह गरे । उपप्रधानमन्त्री पोखरेले हरेक समुदायका आ- आफ्नै समस्या रहेको र त्यसको समाधानको लागी विचार विमर्श गरि अगाडि बढनुपर्ने आवश्यक्ता स्पष्ट पारे ।

तराई, मधेशका थारु लगायतका समुदायले पु्याएको योगदानको उचित कदर हुने गरि खोज अनुुुन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई सुझाव दिए ।रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us