
सिन्धुपाल्चोक, २५ असार – हेलम्बु गाउँपालिका -७ चनौटेमा बा ३ ख ११७ नंको जन्ती लिन हिँडेको बस पछाडी हटाउने क्रममा बसमा ठोकिएर मानसिक सन्तुलन गुमाएकी महिलाको मृत्यु भएको हो ।
परिचय खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ । हेलम्बुका प्रहरी निरिक्षक मणिराम लामिछानेले बस चालक र बसलाई नियन्ञणमा लिई थप अनुसन्धान भइरहेको बताए ।