पानीमा डुबेर बर्दियामा २ बालकको मृत्यु

काठमाण्डु टुडे २०७६ असार २५ गते १३:३१ मा प्रकाशित


बर्दिया , २५ असार- पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका-३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार साँझ ४ बजेतिर खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए । घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us