तरकारीमा विषादी प्रकरणः भारतको पत्रै नआएको भन्दै प्रधानमन्त्री ओलीले किन बोले झुठ ?

काठमाण्डु टुडे २०७६ असार २४ गते ७:१० मा प्रकाशित

काठमाण्डु, २४ असार- प्रधानमन्त्री केपी ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ ।

नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कुनै पत्र नआएको दाबी गरेका थिए । जबकि काठमाण्डुस्थित भारतीय दूतावासबाट परराष्ट्रलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चार माध्यमहरुमा सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने प्रश्न उठेको छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us