पूर्वराजा ज्ञानेन्द्र सपरिवार हात्तीवन रिसोर्टमा

काठमाण्डु टुडे २०७६ असार २४ गते ७:०४ मा प्रकाशित

काठमाण्डु, २४ असार आफन्तको आशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुगेका छन् ।
जन्मदिनको अघिल्लो दिन आइतबार हात्तिवन रिसोर्ट पुगेका थिए । उनीसँग पूर्व श्री ५ लाग्ने सबैको हात्तिवन रिसोर्टमा जमघट छ । विगत वर्षमा राजावादी समूहले उनको जन्मदिनमा रामै्र साथ दिएको भएतापनि यसपटक ७३ औं जन्मदिन मनाउने जाँगर भने उनले देखाएनन् । ज्ञानेन्द्रले, पूर्वरानी कोमल, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र लिएर आइतबार दिउँसै रिसोर्टमा पुगेका थिए ।

सोमबार बिहान छोरा पारस, बालसखा प्रभुशम्सेर जवरा, पूर्वसैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुगेका थिए । आज रात्रीभोज मनाउन छोरी, ज्वार्इं, धीरेन्द्र–पुत्री र ज्वाईहरु, बहिनीलगायत पूर्व श्री ५ लाग्ने सबैको जमघट हुनेभएको छ । बन्दोबस्तीका लागि निजी सचिव सागर तिमल्सिनाबाहेक अन्य कर्मचारीको उपस्थिति देखिएको छैन । कुनैपनि कर्मचारीले ज्ञानेन्द्रलाई शुभकामना दिन पाएका छैनन्–एक कर्मचारीले नेपाल समाचारपत्रलाई भने । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us