
काठमाण्डु, २३ असार– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् ।
सोमबार साँझ मन्त्रिपरिषदको बैठकमा सहभागी भएर ओली राष्ट्रपति भेट्न सिंहदरबारबाट सिधै शीतलनिवास पुगेका हुन् । ओलीले मुलुकको पछिल्लो अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउने कार्यक्रम रहेको बुझिएको छ । पछिल्लो समय सरकारविरुद्ध चौतर्फी आलोचना बढेका बेला प्रधानमन्त्रीले राष्ट्रपति भेटेका हुन् ।
राष्ट्रपति संवैधानिक रुपमा प्रधानमन्त्रीको सल्लाहकार हुने व्यवस्था छ । सरकार प्रमुखले नियमित कामका ब्रिफिङका साथै कुनै गम्भीर कदम चाल्नुअघि राष्ट्रपतिसँग परामर्श लिन्छन् । जानकारहरुका अनुसार ओलीले कुनै महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् ।