
काठमाण्डु, २३ असार– विराटनगर महानगरपालिका–१५ का वडा अध्यक्षमाथि हेलमेट प्रहार भएको छ ।
स्थानीय प्रजातन्त्र मार्गको सडकको नाला निर्माणका क्रममा विवाद भएपछि स्थानीयले वडा अध्यक्ष असमल आलममाथि हेलमेट प्रहार गरेका थिए । व्यक्तिको जग्गा सडकमा परेको भन्दै सुरु भएको विवादले कुटपिटको रुप लिएको हो । विवाद भएको खबर सुनेपछि मिलाउन पुगेका उनीमाथि आक्रोशित युवाले हेलमेट हानेको प्रहरीले जनाएको छ । यसैबीच वडा अध्यक्ष आलमले आफूमाथि कुटपिट गर्नेलाई नथुन्न प्रहरीलाई आग्रह गर्दै मिलापत्र गरेका छन् । आफ्नै वडाबासी भएकाले मिलापत्र गरेको उनले बताएका छन् । प्रहरीले साह द्वयलाई छाडेको छ । तानाले उनीहरु दाजुभाई हुन् ।