भुटानको गैरआवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

काठमाण्डु टुडे २०७६ असार २३ गते १७:४५ मा प्रकाशित

 

काठमाण्डु, २३ असार – नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूत नियुक्त गरेको छ ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका लागि गैरआवासीय नेपाली राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहनुभएका आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us