प्रधानमन्त्री बैठकमा सहभागी नभएसम्म, बैठकमा नआउने :प्रधान

काठमाण्डु टुडे २०७६ असार २३ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २३ असार-संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठकमा सहभागी नहुने बताए ।
समितिले यसअघि नै राजदूतहरुको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । एक सदस्यका अनुसार कतिपय नियुक्तिहरु विवादास्पद हुनुका साथै मापदण्ड र समोवशिताबारे प्रधानमन्त्रीसँग छलफल गर्न समय मिलाउने जिम्मा सभापति लक्ष्मणलाल कर्णलाई दिइएको थियो ।

कर्णले प्रधानमन्त्रीसँग कुरा गरे पनि ओली संसदीय सुनुवाइ समितिमा आएका छैनन् ।सोमबारको बैठकमा कांग्रेस सांसद् प्रधानले यसबारे ध्यानाकर्षण गराएका हुन् । उनले प्रधानमन्त्रीसँग छलफल नगरी अब बस्ने बैठकहरुमा आफू सहभागी नहुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us