छौंडा प्रकरणः रामकुमारी झाँक्रीले विष्णु रिमाललाई काउण्टर गरेपछि…

काठमाण्डु टुडे २०७६ असार २३ गते ८:४४ मा प्रकाशित

काठमाण्डु, २३ असार प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारविरुद्ध बोल्नेलाई छौंडाको उपमा दिएर गरेको ट्विटको चौतर्फी विरोध भइरहको छ ।


सामाजिक सञ्जाल प्रयोगकर्ता आइतबार दिनभर रिमालविरुद्ध उत्रिए । अझै त्यसको विरोध हुन छाडेको छैन । स्पष्ट उल्लेख नगरे पनि रिमालको संकेत बुझ्नेका लागि काफी छ । उनले सरकारविरुद्ध बोल्ने पार्टीभित्र र बाहिरकाहरुलाई एकमुष्ट रुपमा छौंडा भनेका हुन् । नेकपा नेतृ एवं सांसद रामकुमारी झाँक्रीले रिमालको ट्विटलाई सत्ता उन्मादको संज्ञा दिएकी छन् । झाँक्रीले रिमाललाई मेन्सन गरी राज्यसत्ताको केन्द्रमा रहेको व्यक्तिका रुपमा रिमालको ट्विट उत्कृष्ठ भन्दै व्यंग्य गरेकी छन् । ट्विटलाई उनले समाजिक चरित्रको ऐना बताएकी छन् । झाँक्रीले रिमालको ट्विटले सत्ता कसरी कता जाँदैछ भन्ने अनुमान लगाउन लोकलाई गाह्रो नपर्ने बताएकी छन् । आफैले धेरै पहिला  The Emperor’s New clothes नामको लोककथा पढेको स्मरण गर्दै झाँक्रीले सत्ता र उन्माद कस्तो हुन्छ भनेर सम्झिएको उल्लेख गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us