माओवादी नेता अधिकारीको निधन

काठमाण्डु टुडे २०७६ असार २२ गते २१:५९ मा प्रकाशित

काठमाण्डु, २२ असार- नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ अधिकारी (श्याम) को निधन भएको छ ।


क्यान्सर पीडित अधिकारीको ६६ वर्षको उमेरमा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा उपचारका क्रममा आइतबार राति ८ बजे निधन भएको हो । फोक्सोमा क्यान्सर भएपछि अधिकारी गत पुस अन्तिम साता बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका थिए । अधिकारीलाई गत २२ वैशाखमा थप उपचारका लागि काठमाण्डु ल्याइएको थियो । पछिल्लो समय फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको थियो । यस्तै शरीरको कम्मरमुनिको भागमा पक्षघात भएको थियो ।
विसं २०११ मा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसं २०३२ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । अधिकारी माओवादी विभाजनका क्रममा मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us