केपी ओलीका प्रिय मन्त्री प्रचण्डलाई मन नपरेपछि…

काठमाण्डु टुडे २०७६ असार २२ गते १९:५६ मा प्रकाशित

काठमाण्डु, २२ असार– प्रधानमन्त्री केपी ओलीले सबैभन्दा बढी विश्वास गरेका मन्त्रीमा पर्छन् भनिन्छ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटालाई ।

तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बाँसकोटाको कार्यशैली मन नपराएको खुलासा भएको छ । प्रचण्डले मन्त्री बाँसकोटा नेपाल टेलिकमलाई कमजोर बनाउने काममा लागेको भन्दै असन्तुष्टि जनाए । बाँस्कोटाले टेलिकमलाई कमजोर बनाउने गरी नवीकरण दस्तुर तोक्ने काम भएको भन्दै आपत्ति प्रकट गरे । टेलिकमका लागि रणनीतिक साझेदार खोज्ने काम भइरहेका बेला मन्त्री बाँस्कोटाले स्पष्ट नीति निर्माणमा लाग्नुको साटो टेलिकमलाई कमजोर बनाउने गरी काम गरिरहेको प्रचण्डले बताए । ‘उहाँसँग मैले आइतबार बिहान पनि मन्त्री कुरा गरेको थिएँ’, पार्टी सम्वद्ध नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई आइतबार काठमाण्डुुमा उद्घाटन गर्दै प्रचण्डले भने, ‘तर नेपाल टेलिकमका कर्मचारीहरुको कुरा सुन्दा मैले फेरि मन्त्रीजीसँग छलफल गर्नुपर्ने भएको छ ।’

। टेलिकमलाई कमजोर बनाएर रणनीतिक साझेदार खोज्ने काम गरे त्यसले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने उल्लेख गरे । उनले त्यसबारे आफूले मन्त्री बाँसकोटालाई बोलाएर गम्भीर रुपमा कुराकानी गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us