
काठमाण्डु, २२ असार– कतारको दोहाबाट आएका एक यात्रुले ल्याएका डाइपरमा सुन भेटिएको छ।त्रिभुवन विमानस्थलको चेकजाँच कक्षमा कतारबाट हिमालयन एयरलाइन्सबाट आएका लीलाबहादुर बस्नेतले ल्याएका बच्चाको डाइपरमा सुन भेटिएको हो । विमानस्थल प्रहरी र काठमाडौं परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरी जनाएको छ।
परिसरको विशेष सूचनापछि कारबाही थालिएको हो। यस्तै नेपाल वायु सेवा निगमको दोहा उडानमा आएका नवलपरासीका बीरबहादुर थारूले पनि बस्नेतले जस्तै डाइपरमै सुन लुकाएर ल्याएका थिए। प्रहरीले दुबै भरिया भएको र सुन तस्कर समुहले प्रयोग गरेको जनाएको छ।
प्रहरीका अनुसार तीन वर्ष कतारमा बसेर फर्केका बस्नेतले ल्याएका डाइपरमा सुन भेटिएको हो।‘अहिले डाइपर खोल्ने काम भइरहेको छ’, महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले भने, ‘परिणाम आउन केही समय लाग्छ।’