
काठमाण्डु, २२ असार– सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिकामा बाढीले बगाएका दुई जनाको परिचय खुलेको छ।
भोटेकोसी गाउँपािलका वडा नम्बर ५ मा निर्माणाधीन शिवश्री हाइड्रो पावरमा कार्यरत दुई कर्मचारीलाई शनिबार राति स्थानीय ह्याङ्ले खोलामा आएको बाढीले बेपत्ता बनाएको छ।
उनीहरू बाराका रामअवतार चौधरी र सुनसरी इटहरीका यादवप्रसाद काफ्ले रहेको खोजीमा जुटिरेहका बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रमुख यादव थापाले बताए ।‘उनीहरूको आइडेन्टीफाई ९परिचय खुलाउने० गर्ने डकुमेन्ट ९प्रमाणरकागजात० त भेटिएको छैन,’ उनले भने, ‘तर उनीहरूका साथीले यही नाम र ठेगाना बताएका छन्।राति ८र९ बजेतिर खाना खाएर सुत्न जाने क्रममा उनीहरू बाढीमा बेपत्ता भएको उनीसँगै काम गर्नेहरूले बताएका छन्।
हाइड्रो पावरका कर्मचारी खाने र सुत्ने ठाउँ अलगअलग रहेको प्रहरी निरीक्षक थापाले बताए।स्थानीयका अनुसार शनिबार राति भएको वर्षापछि स्थानीय हृयाङ्ले खोलामा उर्लिएको बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्ले गाउँस्थित एक घर र चाकु बजार वारपार गर्ने साँघु पुल बगाएको छ।