नेपकाका दुई अध्यक्ष केपी ओली र पुष्पकलम दाहालबीच राजनीतिक प्रतिवेदनमा सहमति

काठमाण्डु टुडे २०७६ असार २२ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, २२ असार-नेपकाका अध्यक्ष एवम् प्रत्रानमन्त्री केपी शर्मा र अर्को अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड’ बीच आज बिहान राजनीतिक प्रतिवेदनका विषयमा छलफल भएको छ । ३ घण्टा लामो छलफलपछि नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति जुटेको स्रोतले बताएको छ। दुई अध्यक्षबिचको छलफल प्रधानमन्त्री वालुवाटार निवासमा भएको थियो ।
राजनीतिक प्रतिवेदनमा सहमति जुटेसंगै नेकपाभित्र देखिएको चरम असंतुष्टि र बाकि एकता प्रक्रिया गति लिने देखिएको छ । राजनीतिक प्रतिवेदनमा सहमति नजुट्दा पूर्व एमाले र माओवादीका नेताहरुले छुटाछुटै भेला गदै आएका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराजनीतिक प्रतिवेदनमा सहमति नजुटे र दुई पार्टीबिच एकता हुदा भएको सहमति कार्यान्वयन नहुने हो भने दुर्घटना हुन सक्ने चेतावनी समेत दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us