कांग्रेस भन्छः तरकारीमा कहाँ गयो राष्ट्रवाद ?

काठमाण्डु टुडे २०७६ असार २२ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, २२ असार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण गराइन् । कसैकाे दबाबमा आएर सरकारले जनताको स्वास्थ्य माथि खेलवाड गर्न नमिल्ने भन्दै उनले यो निर्णय फिर्ता हुर्नुपर्ने र सरकारले सदनलाई यथार्थ जानकारी गराउनु पर्ने बताइन् ।

उनले भनिन् ‘यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू रु आफैँ निर्णय गर्ने अनि आफैँ फेरि कार्यान्वयन नगर्ने निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो रु अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ  ?’

विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाइ साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो। भारतीय दवाबपछि सरकार सो निर्णयमा पछि हट्ने अवस्था बनेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us