
काठमाण्डु, २२ असार-तत्कालिन नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरले नेकपामा प्रवेश गर्नको लागी प्रयास गरिरहेको बुझिएको छ । नयाँ शक्ति पार्टी बाटै राजनीतिक करिअर शुरु गरेकी करिश्माले केहि समय अघि बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी थिइन् । उनले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् ।
उनले डा. बाबुराम भट्टराईले नयाँ शक्तिलाई विलय गराएको समाजवादी पार्टीमा नजाने अठोट लिदै प्रचण्डसँग भेटघाट गरेकी हुन । सुरुवातदेखि नै नयाँ शक्तिमा लागेकी करिश्माको राजनीतिक मोह नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएपछि भंग भयो । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अभिनेत्री करिश्मा मानन्धरले भेटवार्ता गरेपछी करिश्मा नेकपामा प्रवेश गर्ने निश्चित भएको स्रोतको दाबी रहेको छ ।