
काठमाण्डु, २२ असार– विद्यालय स्तरीय परीक्षा (एसइई) पूरक परीक्षाको कार्यतालितका परिवर्तन भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी २६ साउनबाट तोकिएको परीक्षा आगामी भदौ १ देखि ११ गतेसम्म हुने जनाएको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ ।
यस्तै भदौ ३ गते अनिवार्य गणित र भदौ ४ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने बोर्डले जनाएको छ । यस्तै ५ भदौमा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ्ग, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक तथा भदौ ६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ ।
भदौ ६ गते नै प्राविधिकतर्फ अक्वाकल्चर एण्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एण्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपालको परीक्षा हुने छ । भदौ ७ गते ऐच्छिक प्रथमका सबै विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुने बोर्डले जनाएको छ । भदौ ८ गतेदेखि ११ गतेसम्म प्राविधिकतर्फका अन्य विषयहरुको परीक्षा निर्धारण गरिएको छ । दुई विषयसम्म ‘सी’ वा त्यसभन्दा तल्लो ग्रेड ल्याएका विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पूरक परीक्षाको व्यवस्था मिलाइएको हो ।