
काठमाण्डु, २२ असार- यत्रतत्र सर्वत्र पाइने र अत्यन्तै सामुहिक जीवन बाँच्ने यो जीव आजभन्दा १० करोड वर्ष पहिले पृथ्वीमा उत्पत्ति भइसकेको थियो भनी वैज्ञानिकहरुले बताउँदछन् । यस हिसाबले कमिला पनि संसारकै प्राचिनतम जीवहरुमध्येको एक हो ।कमिला प्राचीनतम जीवहरु मध्ये एक मात्र हैन, यस संसारका सबैभन्दा बलवान जीवहरु मध्ये पनि एक हो । झट्टै सुन्दा यो कुरा पत्याउन हामीलाई हामीलाई मुश्किलै पर्छ । वैज्ञानिक अनुसन्धानले के प्रमाणित गरिसकेको छ भने– एउटा कमिलाले आफ्नो शरीरको तौलको लगभग ३०० गुना वेसी तौल उचाल्न सक्छ । तुलनामा हेर्ने हो भने, यो कमिलाको अति धेरै शक्तिको परिचय हो । कमिलाले आफ्नो शरीरको तौलभन्दा वेसी तौल उचाल्ने सामानको गुरुत्वकर्षणलाई आफ्ना बलिया खुट्टाहरुमा केन्द्रित गराएर सजिलै उचाल्छ ।
अफ्रिकाकाे जंगलहरुमा पाइने एक प्रजातिको कमिलाले त त्यो भन्दा पनि आश्चर्यजनक काम गर्छ । यसले आफ्नो तौल भन्दा ५ सय गुना वेसी तौल भएका कुराहरुलाई पनि सजिलै उचाल्न, थाम्न र तान्न सक्छ । त्यो कमिलाको नाम हो– अफ्रिकन दर्जी कमिला (African Weaver Ant) यो दर्जी कमिलाले फौजी कमिलाले जस्तै मूलतस् कीरा फट्याङ्ग्रा तथा ससाना जीवहरुको शिकार गर्ने गर्छ । फरक के हुन्छ भने सैनिक कमिलाले आफ्नो शिकारलाई पक्रेर टुक्रा टुक्रा पार्छ । तर यो दर्जी कमिलाले चाहिँ आफ्नो शिकारलाई टुक्रा टुक्रा पार्दैन । त्यसको विपरीत यसले आफ्नो सिंगो शिकारलाई नै तानेर माथि रुखमा रहेको आफ्नो गुँडसम्मै पुर्यातउँछ । अचम्म त के छ भने, यो कमिलाले साना–ठुला किरा फट्याङग्राहरु मात्रै हैन, चरा, सर्प, छेपारो र स–साना जन्तुहरुको समेत शिकार गर्छ ।
दर्जी कमिलामा त्यस्तो अचम्मको शक्ति हुन्छ भन्ने कुरा अन्वेषकहरु जानुज ओजटुसियक, इवा गड्जिङ्सका र एलेन डेजिनले पत्ता लगाएका हुन । उनीहरुले क्यामरुन नाम गरेको देशको एउटा प्रयोग क्षेत्रमा के देखे भने– दर्जी कमिलाहरुको एक समुहले एउटा मरेको चरालाई रुख माथि आफ्नो गुँडसम्म पुर्योयो । त्यहाँ अन्य कमिलाले चरालाई छोड्यो तर एउटा कमिलाले त्यसलाई समातिरह्यो । अचम्मको कुरा, त्यो एउटै कमिलाले आफूभन्दा ५०० गुना बेसी भारी त्यो चरालाई सजिलै थामेर राख्न सक्यो १यो दर्जी कमिलाको खुट्टामा अत्यन्तै शक्तिशाली अंग समेत हुन्छ । त्यसको मद्दतले यसले सतहमा बलियोसंग पक्रन्छ र आफूभन्दा भारी वस्तुलाई पनि सजिलै तान्न एवं थाम्न सक्छ ।तुलनात्मक रुपले हेर्ने हो भने, कमिला मान्छेभन्दा अत्यन्तै शक्तिशाली जीव हो भन्न सकिन्छ । किनभने, सामन्य मान्छेले आफ्नो तौल बराबरको वा त्यो भन्दा केही बेसी मात्र भार बोक्न सक्छ । एउटा दक्ष र अनुभवी भारोत्तलक ९वेट लिफ्टर० ले पनि आफ्नो शरीरको तौलभन्दा ३।८ गुना बेसीसम्म मात्र भार बोक्न सक्छ । कमिलाले उठाउन सक्ने भार शरीरको तुलनामा ३०० गुना बेसी भएको तुलनामा यो अत्यन्तै कम हो ।