काँग्रेसले ओलीलाई सोध्योः किन महान राष्ट्रवादी नारा हद दर्जाको नालायकीपनका साथ बिसर्जित हुँदैछ ?

काठमाण्डु टुडे २०७६ असार २१ गते २२:१६ मा प्रकाशित

काठमाण्डु, २१ असार प्रमुख प्रतिपक्षी काँग्रेसले भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी भए नभएको चेकजाँच गर्ने कार्यबाट सरकार पछि हटेकामा विरोध जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका हुन् । शर्माले विज्ञप्तिमा निर्वाचनका बेला महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ बिसर्जित हुँदैछ ? भन्ने प्रश्न गरेका छन् । शर्माले सरकार विषादी जाँचने निर्णयबाट पछि हट्नु विगतमा आफैंले गरेको घोषणाविपरीत नागरिक जीवनमाथि हदैसम्मको गैह्रजिम्मेवारी भएको आरोप लगाएका छन् ।

उनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने तरकारी तथा फलदफूल भित्र्याउन नदिन सरकारसँग मागसमेत गरेको छ । सरकारले गत २ असारदेखि भारतीय नाका हुँदै भित्रिने तरकारी तथा फलफूलमा चेकजाँच थालेको थियो । तर, भारतीय दूतावासले लिखित रुपमै सरकारलाई दबाब दिएपछि चेकजाँच रोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us