सरकारले भारतसँग आत्मसमर्पण ग~यो !

काठमाण्डु टुडे २०७६ असार २१ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, २१ असार– नेकपा मसालले भारतबाट भित्रने तरकारी र फलफूलमा थालिएको विषादी परीक्षणको काम स्थगन गरेकामा आपत्ति जनाएको छ ।

भारतीय दबाबमा सरकारले गरेको विषादी परीक्षण स्थगनको मसालले भत्र्सना गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शनिबार जारी गरेको विज्ञप्तिमा सरकारले भारतीय साम्राज्यवादसँग आत्मसमर्णण गरेको आरोप लगाएका छन् । ‘यसले सरकारको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त नीति मात्र होइन, नाङ्गो प्रकारको आत्मसमर्पणको प्रवृत्तिलाई पनि बताउँछ’, विज्ञप्तिमा भनिएको ,‘सरकारको त्यो निर्णयबाट नेपाली जनताको स्वास्थ्यप्रति सरकारको गम्भीर प्रकारको गैरजिम्मेवारीपूर्ण कार्यशैलीलाई पनि बताउँछ ।’

यस्तै भारतीय कार्यको समेत विज्ञप्तिमा निन्दा गरिएको छ । विदेशबाट भित्रने सबै प्रकारका खाद्यान्न परीक्षण गर्न पाउने अधिकार अन्तर्राष्ट्रिय कानूनले दिएको स्पष्ट गर्दै सिंहले तरकार र फलफूलको विषादी परीक्षण नगर्न दबाब दिएर भारतले आफ्नो साम्राज्यवादी चरित्रको नाङ्गो प्रदर्शन गरेको आरोप लगाएका छन् । भारतले नेपालको संविधान, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, सुरक्षा, प्रशासन, परराष्ट्रनीति, अर्थतन्त्र, नागरिकता, जलस्रोत र सीमा लगायत विषयमा दशकौँदेखि हस्तक्षेप गर्दै आएको चर्चा गर्दैं महामन्त्री सिंहले तरकारी र फलफ्रलको विषादी जाँच नगर्न दिएको दबाब हस्क्षेपकै सिलसिला भएको बताएका छन् । विज्ञप्तिमा सिंहले
मुलुकको बृहत्तर राष्ट्रिय हित रक्षाका लागि उच्च सतर्कता अपनाउन आमनागरिकमा अपिल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us